Thursday, November 12, 2009

संबिधान निर्माणको लागि दवावमुलक कार्यक्रम गर्न आग्रह

दमन राई/खोटाङ
कार्तिक-२५/प्रेस चौतारी खोटाङले निर्धारित समयमा संबिधान निर्माणकोलागि दवावमुलक कार्यक्रम गर्न सवैलाई आग्रह गरेकेा छ । दलहरुविच वढदै गएको राजनितिक असहमतीले तोकिएको समयमा संविद्यान नबन्ने पक्का भएको ठहर गर्दै दवावमुलक कार्यक्रम गर्न आग्रह गरेको हो ।
चौतारीको आज भएको भेलापछि एक अपिलमार्फत जिल्ल्ााका राजनितिक दल नागरिक समाज बुद्धिजिवी शिक्षक विद्यँर्थी किसान व्यवसायी पेशाकर्मी अधिकारकर्मी कलाकर्मी पत्रकारलगायतलाई यस्तो आग्रह गरेको हो ।
समयमा संविधान नभए संविधान निर्माणको चाँबी हातमा लिएका दलहरु र स्वयं हामी नै त्यसको दोषको भागीदार हुने समेत चौतारीले जनाएको छ ।

Monday, November 9, 2009

माओवादीद्धारा किरात गणराज्य घोषणा

दमन राई/खोटाङ
कार्तिक-२३/एकीकृत नेकपा माओवादी किरात राज्यa समितिले आज किरात गणराज्य घोषणा गरेको छ ।
राष्ट्रपतिको कदम सच्चिनुपर्ने माग गर्दै आन्दोलन गरिरहेको माओवादी केन्द्रीय कमिटीले स्वायत्त राज्य घोषणाको कार्यक्रम फिर्ता लिएपनि किरात राज्य समितिले भने किरात गणराज्य घोषणा गरेको छ ।
माओवादीले पुर्वका खोटाङ उदयपुर ओखलढुङगा सोलुखुम्वु भोजपुर र संखुवासभा जिल्ल्ाालाई समेटेर किरात गणराज्य घोषणा गरेको हो ।
एकीकृत नेकपा माओवादी पोलिटव्यूरो सदस्य गोपाल किरातीले गणराज्य घोषणा गर्नु हुदै हाललाई किरात गणराज्य सांकेतिक अर्थात पदाधिकारी विहिनको हुने बताउनु भयो । उहाँले छलफलपछि किरात राज्यको पदाधिकारी चयन गर्ने जानकारी दिनु भयो ।
किरात राज्य समिति अन्तर्गत पुर्वका ६ जिल्लाका प्रतिनीधि सहभागी घोषणासभामा पोलिट व्युरो सदस्य किरातीले किरात राज्यभित्र सवै जातजाती र भाषभाषीको समान अस्तित्व रहने बताउनु भयो ।
सदस्य किरातीले अव किरात गणराज्यभित्रका सवै स्थानीय भाषा भाषीले राष्ट्रियता प्राप्तीको अवशर पाउने बताउनु भयो ।
उहाँले किरात गणराज्यलाई आर्थिक सास्कृतिक दृष्टिले मजवुत बनाउन सल्लाहको अपेक्षा गर्दै किरात राज्यभित्र विस्तारवाद सामन्तवाद र दलालको स्थान नहुने बताउनु भयो ।
केन्द्रिय स्तरमा नै गाणराज्य घोषणा गर्ने कार्यक्रमलाई स्थगित गरेपनि आफ्ना अध्यक्षँ प्रचण्डसंग स्वीकृति लिएर मात्रै घोषणा गरिएको नेता किरातीको भनाईछ ।

Saturday, November 7, 2009

एकीकृत नेकपा माओवादी खोटाङले किरात गणराज्य घोषणा गरेरै छाड्ने

दमन राई/खोटाङ
कार्तिक-२१/एकीकृत नेकपा माओवादी खोटाङले किरात गणराज्य घोषणा गर्ने कार्यक्रम फिर्ता नलिने भएको छ । माओवादी केन्द्रीय कमिटिले गणराज्य घोषणा गर्ने कार्यक्रम फिर्ता लिए पनि नेकपा माओवादी खोटाङले फिर्ता नलिने जिल्ल्ाा ईन्चार्ज धिरेनले बताउनु भयो ।
केहीवेर अघि भएको टेलिफोन सम्पर्कमा ईन्चार्ज धिरेनले पसर्ी कार्तिक २३ गते खोटाङ भोजपुर उदयपुर ओखलढुङगा सोलुखुम्बु र संखुवासभा जिल्लालाई समेटेर किरात स्वायत्त गणराज्य घोषणा गर्ने तयारी भएको जानकारी दिनु भयो ।
खोटाङलाई किरात गणराज्यको राजधानीको रुपमा चिनाउन गणराज्य घोषणा गर्ने कार्यक्रम फिर्ता नलिएको उहाँले बताउनु भयो ।
माओवादीले महासचिव रामबहादुर थापा वादल पोलिटव्युरो सदस्य गोपाल किराती पुर्व राज्य मन्त्री पदम राई केन्द्रीय समिति सदस्य पेशल खतिवडा किरात राज्यका सभाषदलगातको उपस्थितिमा किरात गणराज्य घोषणा गर्ने तयारी गरेकॊ छ । माओवादीले किरात स्वायत्त गणराज्य घोषणा गर्ने तयारी पूरा भएको जनाएको छ ।

श्रम शिविर शुरु

दमन राई/खोटाङ
कार्तिक-२०/खोटाङ नेर्पामा ुश्रमलाई माया गरौं शोसनलाई घृणा गरौंु भन्ने नाराका साथ एकीकृत नेकपा माओवादीले एकहप्ते श्रम शिविर शुरु गरेको छ । नेर्पा-सातस्थित बरबोटेका माधव राईको खेतबाट श्रम शिविर शुरु गरिएको छ ।
शिविरको एकीकृत माओवादी सभासद रामकुमार राई पासाङ सभासद दुर्गाजयन्ति राई र ७२ बर्षीय बृद्ध नरप्रसाद राईले उद्घाटन गर्नुभएको छ ।
नेता र कार्यकर्ताविचको सम्वन्ध सुढृढ बनाउन एकीकृत नेकपा माओवादी ईलाका नम्बर आठलॆ श्रम शिविर शुरु गरेको माओवादीले जनाएका छन् ।
शिविर उद्घाटन गर्दै सभासद पासाङले मुलुकमा गरी खानेको शासन चल्नुपर्नेमा जोड दिनुभयो । सभासद दुर्गाजयन्ति राईले कम्युष्टिहरुले श्रमलाई माया गर्नुपर्ने बताउनुभयो ।
८ नम्बर ईलाका सेक्रेटरी हिरण्यको सभापतित्वमा शुरु शिविर नेर्पाभरी चल्ने छ ।

म्याद सकिएको दैनिक उपभोग्य वस्तुको बिक्री बितरणमा रोक

दमन राई/खोटाङ
कार्तिक-२०/खोटाङको जालपा गाविसमा म्याद सकिएको दैनिक उपभोग्य वस्तुको बिक्री बितरणमा रोक लगाइएको छ ।
गाविसको आज वसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको सचिव गौरी आचार्यले जानकारी दिनु भयो ।
बैठकले गाविसभित्र म्याद सकिएको बिस्कुट चिउरा चाउ-चाउलगायतका दैनिक उपभोग्य पदार्थ विक्री वितरण गर्न नपाईने निर्णय गरेको छ । यस्तै बैठकले राती अवेरसम्म जाँडरक्सी वियरजस्ता मादक पदार्थको विक्री वितरण गर्न नपाईने निर्णय भएको छ ।
म्याद सकिएको खाद्य वस्तु र मदिराजन्य पदार्थको बेचविखन गरिएको भेटिए कानूनी कार्वाही गर्ने निर्णय भएको सचिव आचार्यले जानकारी दिनु भयो । अनुमती लिएरमात्र पेय पदार्थको बिक्री वितरण गर्न पाईने निर्णय भएको छ ।
यस्तै उत्तरी क्षेत्रको प्रमुख सडक भएको ठहर गर्दै हुर्लुङ-जलापा ग्रामिण सडक ग्रााभेल गर्नकालागि सहयोगको माग गर्ने निर्णय भएको छ । त्यस सडकखण्डमा बार्है मास यातायात चलाउने लक्ष लिइएको बताइएको छ । हालै स्काइभेटरले त्यस सडकखण्डमा ट्रयाक खन्ने काम सकिएको छ ।
बैठकले द्धन्द्धको समयमा तत्कालिन माओवादीले ताला लगाउदा मक्किएर र धमिरा लागेर जिर्ण भएका जालपा माविको भवन पुःन निर्माणकालागि माग गर्ने निर्णय भएको छ । विद्यालयको व्यावस्थापन समुदायले लिएको भन्दै माओवादीले पटक-पटक ताला लगाउदा विद्यालयमा भएको काठपाठ नष्ट भएको छ । यसैविच बैठकले द्धन्द्धकालमा भत्काइएका प्रहरीचौकी जालपाको स्तर बृद्धि र भवन निर्माणकालागि सक्वन्धीत निकायसंग माग गर्ने निर्णय भएको सचिव आचार्यले जानकारी दिनु भयो ।

आगलागीमा घर नष्ट

दमन राई/खोटाङ
कार्तिक-२०/खोटाङ अर्खौले-१ फेदीका शारदा पुरीको आगलागी हुँदा घर जलेर नष्ट भएको छ । आगलागीमा परी पुरीको ७० हजार रुपैंयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीमा पुरीको सात मुरी अन्न दश लाल सुन लत्ता-कपडा नष्ट जलेर नष्ट भएकॊ छ ।
आगलागीबाट घर जलेपछि पुरी परिवार आफ्नो बुबाको घरमा बसिरहेका जनसेवा समाज नेपाल जालपाका अर्खौलेस्थित उत्प्रेरक नीलप्रसाद राईले जानकारी दिनु भयो । केटाकेटीले जथाभावी आगो खेलाउँदा आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

Wednesday, November 4, 2009

ढुङगाले किचेर खोटाङमा एक महिलाको ज्यान गयो

दमन राई/खोटाङ
कार्तिक-१९/माछा मार्नेक्रममा ढुङगाले किचेर खोटाङमा एक महिलाको ज्यान गएको छ । मेवा खोलामा माछा मार्न दुवाली फर्काउनेक्रममा पल्टिएको ढुङगाले किचेर दोर्पा-२ रुवाबुककी ३८ वर्षीय धनकुमारी राईको हिजो ज्यान गएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ । मृतक राईको तीन छोरा र छोरी छन् ।